शिक्षा

मन्त्री श्रेष्ठद्वारा पुस्तक लोकार्पण

१ फागुन, काठमाडौँ । ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज यहाँ ‘बुद्ध धर्म–सद्धर्मको अर्को नाउँ’ र ‘नेवाः घासा’ (अङ्ग्रेजी अनुवाद) पुस्तकहरुको आज यहाँ लोकार्पण गरे ।

यी पुस्तकका लेखक दि शाक्य फाउण्डेशन नेपालका उपाध्यक्ष राजकाजी शाक्य छन् ।
फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालत बार एशोसियशनका अध्यक्ष प्रा. पूर्णमान शाक्य, १९३ मुलुकको मुद्रा सङ्कलन गरी लण्डन वल्र्ड रेकर्ड कायम गर्न सफल दीपेन्द्र रत्न शाक्य, सन् २०१९ मा भएको १२औँ साउथ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनशीप प्रतियोगिताका स्वर्ण पदक विजेता मल्लिका शाक्य, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई सम्मान गरिएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले सरकारका उच्च ओहदामा मात्र हैन सामाजिक जीवनका विविध क्षेत्रमा पनि शाक्य समुदायको विशिष्ट योगदान रहेको चर्चा गर्दै आगामी दिन मुलुकको प्रगति र प्रतिष्ठा आर्जनमा सम्मानित व्यक्तित्वहरुबाट थप योगदान हुने विश्वास व्यक्त गरे ।

फाउण्डेशनका अध्यक्ष अमीरमान शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा फाउण्डेशनको भवन निर्माणका लागि टंकमान बुद्धाचार्यले ५० हजार सहयोग प्रदान गर्नुभएको घोषणा पनि गरिएको थियो ।