आर्थिक

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष बस्यालद्घारा गोपिनियता शपथ ग्रहण

३ फागुन, काठमाडौँ । यस गरिमाविकास बैंकको अध्यक्षपदमा मनोनित भएका श्याम प्रसाद बस्यालल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी बाट पद तथा गोपिनियता शप थलिएका छन् । यस विकास बैंकको माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् ।

गरिमाविकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।