राजनीति

नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैनः भीम रावल

४ फागुन, काठमाडौं । नेकपा स्थायी समिति सदस्य भीम रावलले हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यो प्रधानमन्त्री केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम भएको जिकिर गरेका छन् । पुर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन भनेका छन् । नेता रावल नेकपा नेपाल–दहाल समूहका सुदूरपश्चिम संयोजकसमेत हुन् ।
नेता रावलः हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रधानमन्त्री केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो। नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।