सामाजिक सञ्जाल

दमनको प्रश्नः अब अपहेलना कसले कसको गर्यो भन्ने ?

४ फागुन, काठमडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले पुर्व प्रधानन्यायाधीशको अभिव्यक्तिलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले प्रतिनिधिसभा विघटन असंवैधानिक हो भनी पूर्व प्रधानन्यायाधीशले जवाफ दिएछन् भनेका छन् । उनले पुर्वप्रधानन्यायधीशको भनाई तर्फ इंगित गर्दै अब अपहेलना कसले कसको गर्यो भन्ने ? भन्दै प्रश्न समेत गरेका छन् ।

साथै ढुंगानाले अवकास पाए पनि न्यायाधीशका विचार आधिकारिक मानिनिने बताए । उनले सारा जनताको प्रतिनिधिसभाको गैर कानूनी हत्या भयो भन्नु अपहेलना नहुने समेत बताएका छन् ।

उनले न्याय प्रशासनमा अपहेलना फाँट खोल्नै पर्या हो कि ? भन्दै फेरी अर्काे प्रश्न समेत गरेका छन् ।

उनको ट्वीटः अवकास पाए पनि न्यायाधीशका विचार आधिकारिक मानिन्छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक हो भनी पूर्व प्रधानन्यायाधीशले जवाफ दिएछन् । अब अपहेलना कसले कसको गर्यो भन्ने ? सारा जनताको प्रतिनिधिसभाको गैर कानूनी हत्या भयो भन्नु अपहेलना हुँदैन । न्याय प्रशासनमा अपहेलना फाँट खोल्नै पर्या हो कि ?