४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक र जनतामाथि विश्वासघात गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले ओली सरकारतर्फ संकेत गर्दै ओली सरकारले जस्तो देश र जनतामाथि विश्वासघात अब कसैले नगर्न नहुनेमा जोड समेत दिएका छन् ।
डा.भट्टराईले कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामको आधारमा हुने बताएका छन् । साथै उनले ओली सरकारको कार्यकालको मुल्यांकन पनी गरेका छन् ।
उनले दुई तिहाईको ओली सरकारको ३ बर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिंडेको दुःखान्त प्रहसन जस्तो मात्रै रहेको भन्दै जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् भनेका छन् ।
उनको ट्वीटः कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता,सम्भावना र तथ्यगत परिणामको आधारमा हुन्छ । २-३को ओली सरकारको३बर्ष ठूला गफ,शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिंडेको दुस्खान्त प्रहसन जस्तो मात्रै रह्यो ! देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !