४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागी लोकतन्त्र भनेकै चुनाव हुनु दुखःद भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुः खद भएको बताएका हुन् ।
डा.भट्टराईले चुनावमा त ढिलोछिटो जानैपर्ने तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जॉदा संविधानै धरापमा पर्ने धारणा व्यक्त गरेक छन् ।
उनले संसद पुनर्स्थापनापछि चुनावमा जॉदा दुवै हातमा लड्डु हुन्छ भन्ने आसंका प्रकट गरेका छन् । डा.भट्टराइले कांग्रेसले किन नबुझेको ? कि सेटिंग नै हो भन्दै प्रश्न समेत गरेका छन् ।
उनको ट्वीटः चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुः खद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जॉदा (भैहालेमा) ! संविधान धरापमा पर्छससंसद पुनर्स्थापनापछि चुनावमा जॉदा दुवै हातमा लड्डु हुन्छ ! किन नबुझेको ? कि सेटिंग नै हो ?