४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले झर्ला र खाम्ला भन्ने आस नगरौं भनेका छन् । नेता गुरुगंलेबैतडीमा नेका केन्द्रीय सदस्यद्वय एनपी सावद एवं डिला संग्रौला सहभागी भएको कांग्रेसको सभामा नेकपा ओली समुहले आक्रमण गरेको घट्नाले मण्डलेतन्त्रको स्मरण गराएको बताउँदै उक्त कुरा बताएका हुन्।
नेता गुरुगंले ओली शासन तिब्र रुपमा मण्डलेकरण भइरहेको कुरा बुझ्न नसक्नु हामी कांग्रेस नेताहरुको कमजोरी भएको ठहर गर्दै झर्ला र खाम्ला भन्ने आस नगरौं भन्दै काँग्रेस नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका उच्च नेतृत्व नेकपाको समर्थनमा सरकारको नेतृत्व गर्ने अवशर आउन सक्ने सम्भावना बोकेर सरकारको बिरोध गर्नसमेत हिच्किचाएको बिषयलाईसमेत नेता गुरुगंको संकेत देखिन्छ ।