५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले कांगेसको कार्यक्रममाथि ओली समुहको कार्यकर्ताको हस्तक्षपलाई लिएर बिरोध जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पु्र्व अर्थराज्यमन्त्री समेत रहेका राणाले शासककै संरक्षणमा अपराधीक कार्य हुनु निन्दनीय भएको समेत बताएका छन् ।
बैतडीमा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री ओलीको नेकपा समूहले आक्रमण गरेको घटना मण्डले शैलीकै पुनरावृत्ति भएको उनको धारणा छ ।
मंगलबार कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा.डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको थियो ।
राणाले आफूसँग फरक विचार राख्ने व्यक्ति, समूह, दलमाथि सांघातिक हमला गर्ने मण्डले शैली ओलीराजमा देखिन थालेको र यो ओलीतन्त्र अन्त्यको संकेत भएको टिप्पणी समेत गरेका छन् ।
शासककै संरक्षणमा अपराधीक कार्यको निन्दा गर्दै कुनै पनि आवरणको तानाशाह आँफुहरुलाई स्वीकार्य नभएको बताएका छन् । साथै उनले कांग्रेसलाई जिस्क्याउने काम ओली सरकारको पतनको प्रस्थान बन्ने चेतावनी समेत दिएका छन् ।
अपराधीक समूहको आक्रमणबाट केन्द्रीय सदस्य एनपी साउदल गायत घाइते भएको भन्दै सबैको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।