सामाजिक सञ्जाल

अपराध सकेसम्म हुनै नदिऊॅः भैहाले अपराधीलाई कठोर दण्ड दिऊॅः डा भट्टराई

५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बैतडिकी भागरथि बलात्कार तथा हत्या प्रकरणलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अपराध सकेसम्म हुनै नदिने र भैहाले अपराधीलाई कठोर दण्ड दिनुपर्नेमा जोड दिएका छन् ।

बैतडी घटनातर्फ ईंगीत गर्दै फेरि यस्तो कहिल्यै नहोस् र सबै अपराध खराब भएको तर अपराधमध्येमा सबभन्दा जघन्य/ निकृष्ट/ अमानवीय अपराध कसैको बलात्कारपछि हत्या भएको बताएका छन् ।

यसले एकैसाथ कसैको सम्मान/पहिचान/अधिकार र शरीर समेतको हत्या गर्ने भन्दै यस्ता अपराध सकेसम्म हुनै नदिने र भैहाले अपराधीलाई कठोरभन्दा कठोर र छिटोभन्दा छिटो दण्ड दिनुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः फेरि यस्तो कहिल्यै नहोस् १ सबै अपराध खराब हुन् तर अपराधमध्येमा सबभन्दा जघन्य/निकृष्ट/अमानवीय अपराध कसैको बलात्कारपछि हत्या हो । यसले एकैसाथ कसैको सम्मान/पहिचान/अधिकार र शरीर समेतको हत्या गर्छ । यस्ता अपराध सकेसम्म हुनै नदिऊॅसभैहाले अपराधीलाई कठोरभन्दा कठोर र छिटोभन्दा छिटो दण्ड दिऊॅ !