५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले ओली सरकारको पतन अव धेरै टाढा नभएको ठोकुवा गेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त युवा नेता थापाले कांग्रेस कार्यक्रममा ओली समुहको कार्यकर्ताको आक्रमणतर्फ लक्षित गर्दै यस्तो दाबी गरेका हुन् ।
नेता थापाले बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले मंगलबार गरेको आक्रमणको निन्ददा गर्दै हिंसा कायरहरूको हतियार भएको टिप्पणी गरेका छन् ।
निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको समेत उनको भनाई छ । गगन थापाले वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन अब धेरै टाढा नभएको बताएका हुन् ।
उनको ट्वीटः बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ । हिंसा कायरहरूको हतियार हो । निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो । वैधता र वैधानिकता दुवै गुमाएको @kpsharmaoli सरकारको पतन अव धेरै टाढा छैन ।