सामाजिक सञ्जाल

राजनैतिक अस्थिरता धेरै खतरनाक अस्थिरता होः दमननाथ ढुंगाना

५ फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले राजनैतिक अस्थिरता धेरै खतरनाक अस्थिरता भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री हुन प्रतिनिधिसभा चाहिने तर प्रधानमन्त्रीलाई प्रतिनिधिसभा नचाहिने भन्दै कटाक्ष गरेका छन् ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बिरुद्ध बिरोध गर्दाै आएका ढुंगानाले समस्या संविधान कि आचरण ? भन्ने प्रश्न समेत गरेका छन् ।

संविधानसभाले संविधान बनाए पनि फेरि उस्तै भएको भन्दै सत्ता चाहिने, संविधान नचाहिने उही प्रवृत्ति भन्दै टिप्पणी गरेका छन् । उनले राजनैतिक अस्थिरता धेरै खतरनाक अस्थिरता भएको बताएका हुन् ।

उनको ट्वीटः संविधानसभाले संविधान बनाए पनि फेरि उस्तै भयो । सत्ता चाहिने, संविधान नचाहिने । उही प्रवृत्ति । हाम्रो राजनैतिक अस्थिरता धेरै खतरनाक अस्थिरता हो । प्रधानमन्त्री हुन प्रतिनिधिसभा चाहिने, प्रधानमन्त्रीलाई प्रतिनिधिसभा नचाहिने । समस्या संविधान कि आचरण ?