सामाजिक सञ्जाल

नबनाइने वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन कुदेका कुदेई छन्ः संग्रौला

६ फागुन, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले पछिल्ला समय प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बिभिन्न आयोजनाको उद्घाटनलाई लिएर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले नबनाइने वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन कुदेका कुदेई छन् भन्दै कटाक्ष गरेका छन् । साथै उनले एहे हे ! चटककान्त अमर रहून् भन्दै ओलीप्रति व्यंग्य समेत गरेका छन् ।

साथै संग्रौलाले प्रधानमन्त्री ओलीलाई जति धेरै शिलान्यास र उद्घाटन गय्रो आफु त्यति नै बढी ओजस्वी र तेजस्वी भइन्छ भन्ने भ्रम रहेको समेत बताएका छन् ।

त्यसैले होला, नबनाइने वस्तुहरूको शिलान्यास र थोत्रिएका वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन यता र उता कुदेका कुदेई छन् उनले भने । 

उनको ट्वीटः प्रधानमन्त्री ओलीलाई लाग्दो होः जति धेरै शिलान्यास र उद्घाटन गय्रो आफु त्यति नै बढी ओजस्वी र तेजस्वी भइन्छ । त्यसैले होला, नबनाइने वस्तुहरूको शिलान्यास र थोत्रिएका वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन यता र उता कुदेका कुदेई छन् । एहे हे !चटककान्त अमर रहून् !