६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नेकपा अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री पुष्पकमल दहाललाई सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ भन्ने सल्लाह दिएका छन् । अध्यक्ष दहालले पुर्व लडाकुलाई सुरक्षागार्ड राखेको बिषयलाई जोड्दै नेता गुरुङले सुरक्षाको घेराभित्र बस्दैमा सुरक्षित भइँदैन है भनेर सचेतसमेत गराएका छन् । आफूले भनेका बिषयलाई उपदेशको रुपमा भन्दापनि सुझावको रुपमा लिन आग्रहसमेत गरेका छन् ।
नेता गुरुङको ट्वीटः क.प्रचण्डलाई पूर्ब लडाकुले सुरक्षा दिने कुरा आएछ। सुरक्षाको घेराभित्र बस्दैमा सुरक्षित भइँदैन है। सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ। २अmउचबअजबलमब यो उपदेश हैन सुझाव हो।