कर्णाली प्रदेश

भागरथी, निर्मला र सम्झानाका बलात्कारीलाई फाँसीको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा विरोध प्रदर्शन

६ फागुन, काठमाडौं । बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीका माग गर्दै अखिल क्रान्तिकारीले बाँकेको नेपालगञ्जमा आज विरोध प्रदर्शन गरेको छ ।

विप्लव निकट विद्याथी संगठन अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा निर्मला पन्त, भागरथी भट्ट र सम्झना विकको बलत्कार तथा हत्यामा संलग्नलाई फाँसी सजायको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

उक्त प्रदर्शनमा चार हजार भन्दा धेरै विद्यार्थीको सहभागीता रहेको थियो ।