७ फागुन, काठमाडौं । नेपाल तरुण दलले प्रजातन्त्र दिवशको अवशरमा पटन अस्पताललाई माक्स, स्यानिटाईजर र पीपीई सेट हस्तान्तरण गरेको छ । दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत अस्पतालमा उपस्थित भई ५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।
दलले हस्तान्तरणपछि जानकारी दिँदै भनेको छ, ‘अहिले कोभिड–१९ कोरोना भाईरसको जोखिमको अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मी साथीहरुले काम गरिरहनु भएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज मिति २०७७ फाल्गुन ७ गते शुक्रबार बिहान एक कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेलमा गई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का रजिस्ट्रार प्रोफेसर डा. पारस आचार्य ज्यूलाई (२५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड) नेपाल तरुण दल केन्द्रिय समितिद्वारा हस्तान्तरण गरिएको छ ।’