सामाजिक सञ्जाल

ओली बिरुद्ध नलडे कांग्रेसले प्रजातन्त्र दिवश मनाउनुको कुनै तुक रहँदैनः नेता गुरुङ

७ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नव महाराजको हुकुमी शासनका बिरुद्ध लड्ने आँट गर्नै पर्छ भन्ने अठोट ब्यक्त गरेका छन् । नेता गुरुङले ट्वीट गर्दै अन्यथा कांग्रेसले प्रजातन्त्र दिवश मनाउनुको कुनै तुक रहँदैन पनि भनेका छन् । उनले श्री ३ महाराजहरुको हुकुमी शासनलाई ०७ सालमा गर्ल्याम् गुर्लुम्म ढालेको कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमी शासनबिरुद्ध लड्नुपर्ने विचार ब्यक्त गरेका हुन् ।
उनको ट्वीटः श्री ३ महाराजहरुको हुकुमी शासनलाई ०७ सालमा गर्ल्याम् गुर्लुम्म ढालेको कांग्रेसले वर्तमान नव महाराजको हुकुमी शासनका बिरुद्ध लड्ने आँट गर्नै पर्छ। अन्यथा कांग्रेसले प्रजातन्त्र दिवश मनाउनुको कुनै तुक रहँदैन।
जय नेपाल।