९ फागुन, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहका प्रवक्ता नारायणकाजि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता श्रेष्ठले शनिबार बिाटनगरमा आयोजित सभामा संसद बिघटनको मुद्धाको बिषमा विपक्षमा फैसला भए आन्दोलन हुने भन्दै प्रधानमन्त्रीले दिएको अभिन्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।
उक्त सभामा ओलीले कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ’ भन्दै अदालतलाई धम्की दिएका थिए ।
नेता श्रेष्ठले यो भन्दा नाङ्गो अलोकतान्त्रिक र गैह्रजिम्मेवार अभिव्यक्ति अरु के हुन सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले पहिले सेटिङको प्रचारद्वारा कार्यकर्तालाई प्रभावित पार्ने प्रयत्न, संवैधानिक अङ्गहरुलाई निरन्तर दवाव, अनि अहिले सिधै सार्वजनिक धम्कि भन्दै अक्रोस व्यक्त गरेका छन् ।
उनले ओलीको यो फाशिष्ट प्रवृत्तिको पराजय एवं विसर्जन र लोकतन्त्रको विजय अनिवार्य भएको समेत धारणा व्यक्त गरेका छन् ।
उनको ट्वीटः यो भन्दा नाङ्गो अलोकतान्त्रिक र गैह्रजिम्मेवार अभिव्यक्ति अरु के हुन सक्छरुपहिले सेटिङको प्रचारद्वारा कार्यकर्तालाई प्रभावित पार्ने प्रयत्न,संवैधानिक अङ्गहरुलाई निरन्तर दवाव,अनि अहिले सिधै सार्वजनिक धम्कि।यो फाशिष्ट प्रवृत्तिको पराजय एवं विसर्जन र लोकतन्त्रको विजय अनिवार्य छ ।