सामाजिक सञ्जाल

अध्यक्ष थापा आक्रोसितः नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाए

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले  नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन् ।

मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर आक्रोसित हुँदै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनील राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरू गरेर नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको टिप्पणी गरेका छन् ।

उनको ट्वीटः आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी-राष्ट्रपती र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध-सभामुखद्वारा राष्ट्रपति,प्रम र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने-सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए