९ फागुन, काठाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको चर्काे आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले देशको प्रधानमन्त्रीले नै’कुनै सेटिंग-फेटिंग भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्ने प्रधानमन्त्रीलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।
शनिबार प्रदेश नम्बर १ को बिराटनगरमा आजोजित ओली समुहको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो अभिव्यक्ति दिएका थिए अहिले उनको अभिव्यक्तिको चौतर्फि आलोचना भएको छ ।
डा.भट्टराईले यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो ? अदालतमाथिको दबाब पुष्टी भएन र ? भन्दै प्रश्न गरेका छन् ।
उनको ट्वीटः देशको प्रमले नै’कुनै सेटिंग–फेटिंग भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता ब्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ? यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो ? अदालतमाथिको दबाब पुष्टी भएन र ?