पु.समाचार

प्रधानमन्त्रीको संसद बिघटन नमाने आन्दोलन गर्ने धम्कीमा सर्बोच्च डराउनु हुन्नः नेता गुरुगं

९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीयसदस्य एबम् युवा नेता धनराज गुरुगंले संसद विघटनको पक्षमा अदालतको फैसला  नआए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको धम्कीबाट अदालत रत्तिभर बिचलित हुनुहुँदैन भनेक छन् । शनिबारको बिराटनगरको नेकपा जनसभामा प्रमुख अतिथी रहेका प्रधानमन्त्री ओलीको भनाईमा टिप्पणी गर्दै नेगा गुरुगंले उक्त कुरा बताएका हुन् ।

नेता गुरुगंले ट्वीटरमा लेख्दै सत्ताको मातले बर्बराइरहने प्रधानमन्त्रीको कुरा प्रति अदालतले चासो राख्नु पर्दैन। जे छ संविधानमा छ र संबिधानको धारामा टेकेर फैसला आओस्। भनेका छन् ।

उनको पुरा भनाँईः संसद विघटनको पक्षमा अदालतको फैसला  नआए आन्दोलन गर्ने प्रधानमन्त्री ओली धम्कीबाट अदालत रत्तिभर बिचलित हुनुहुँदैन। सत्ताको मातले बर्बराइरहने प्रधानमन्त्रीको कुरा प्रति अदालतले चासो राख्नु पर्दैन। जे छ संविधानमा छ र संबिधानको धारामा टेकेर फैसला आओस्।