१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन् । ओली कञ्चनपुर जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री ओली आउने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।