१२ फागुन, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने फैसला गरेसँगै संग्रौलाले टुप्पामा बसेर फेद काट्दा अखण्ड बदनामीसहित खड्गप्रसादको राजनीतिक जीवन सदाका लागि समाप्त भयो भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ओलीलाई कालिदाससंगै तुलना गर्दै कथाको मूर्ख कालिदास हाँगाका टुप्पामा बसेर फेद काट्दा धुलामा नाक जोतिएर चिलिम भाथ्यो भनेका छन् ।
उनले कालिदासको दुर्नियतिबाट केही नसिकी टुप्पामा बसेर फेद काट्दा अखण्ड बदनामी कमाएर सनकवीर खड्गप्रसाद शर्मा ओलीको राजनीतिक जीवन सदाका लागि स्वर्गे भएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिईन । तर हिजो सर्बाेच्चले सरकारको उक्त कार्य असंबैधानिक भन्दै संसद पुर्नस्थापना गरेको छ ।
उनको ट्वीटः कथाको मूर्ख कालिदास हाँगाका टुप्पामा बसेर फेद काट्दा धुलामा नाक जोतिएर चिलिम भाथ्यो । कालिदासको दुर्नियतिबाट केही नसिकी टुप्पामा बसेर फेद काट्दा अखण्ड बदनामी कमाएर सनकवीर खड्गप्रसाद शर्मा ओलीको राजनीतिक जीवन सदाका लागि स्वर्गे भयो । यो हो भुइँफुट्टाको अवश्यम्भावी नियति१