सामाजिक सञ्जाल

संविधानमाथि अपराध गर्ने प्रधानमन्त्री र राष्ट्रपतिले ठुलो मुल्य चुकाउनु पर्छः गगन थापा

१३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले संविधानमाथि अपराध गर्नेले राजनीतिक मुल्य चुकाउनु पर्ने बताएका छन् । एक सञ्चारमाध्यमसंगको कुराकानिमा युवा नेता थापाले संविधानमाथि अपराध गर्ने प्रधानमन्त्री र राष्ट्रपतिले राजनीतिक मुल्य चुकाउनु पर्ने अवस्था आएन भने भविष्यमा दण्डहीनताको अवस्था आउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदममा राष्ट्रपतिले संबिधानले दिएको कर्तव्य निर्वाह गरेको भए ओलीले यस्तो दुस्साहस नगर्ने नेता थापाको भनाई छ । अदालतले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको निर्णयको बदर गरेपनि त्यस्को मुल्य प्रधानमन्त्री र राष्ट्रपतिले चुकाउनु पर्नेमा जोड दिएका छन् ।

साथै अब राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रपतिय भुमिका निर्वाह गर्न नसक्ने बताएका छन् । यस्तै नेता थापाले देशलाई निकास दिने कुरामा कांग्रेसले केही न केही गर्ने तर अहिले सरकारमा जाने कुरा सम्भव नरहेको समेत बताएका छन् ।

नेकपाका दुवै सुमुहले कांग्रेस सभापतिलाई प्रधानमन्त्रीका लागी अगाडि सार्ने सम्भावना छ कांग्रेस कुन आधारमा समिकरण बनाउन चाहन्छ ? भन्ने प्रश्नमा नेता थापाले ओलीको असंबैधानिक कदमको बिरुद्ध लडाईँ लडेर आईसकेपछि उनिसंगै साझेदारी र समीकरण बनाउने बाटो पार्टीले सोच्नपनि नहुने बताएका छन् ।

साथै ओली अहंकारले भरिएको मान्छे भएको र संसद विघटनको सिफारीस गर्ने दिनै राजिनामा दिनुपर्ने थियो भन्दै ओलीलाई राजनीतिक मर्यादाको थोरै ख्याल भए अब राजिनामा दिनुपर्ने बताएका छन् । साथै अब पनि राजीनामा नगर्ने भनेको अनैतिकताको उचाई हुने टिप्पणी गरेका छन् ।

नेता थापाले प्रधानमन्त्री ओलीको दाबीलाई गलत सावित गर्ने जिम्मेवारी ओलीसंग फरक मत राखेका राजनीतिक दलहरुको भएको पनि बताएका छन् । नेता थापाले अहिले नेपाली कांग्रेसको पुरै ध्यान महाधिवेशनतिर केन्द्रित हुने पनि बताएका छन् ।

नेता थापाले नेपाली कांग्रेसले संविधानको पालना, विधिको शासन गर्ने कुरामा नचुकि काम गर्ने र दोस्रो संसदमा बस्ने म्यान्डेट पाएकाले प्रतिपक्षीको भूमिका नै निर्वाह गरीे यी दुई कुरालाई केन्द्रमा राखेर धारणा बनाउनु पर्नेमा जोड दिएका छन् । साथै कांग्रेसले केही गल्ती–कमजोरी गरिसकेका, केही कुरामा चुकेको त्यो भारी रहेको भन्दै त्यो भारी बिसाउनुपर्ने उनको धारणा छ ।