आर्थिक

कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता

२० पफागुन, काठमाडाैं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मानिरन्तरकामगर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएमआइटी’ बीच सम्झौताभएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगीता लिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो । कुमारी जब प्रा.लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारी र केसि एम आइटी कलेजका प्रिनसिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जबप्रा. लीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।

यस सहकार्यबाट Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, विद्यार्थीहरुले उपयुक्ततालिमसहितआफ्नो सिकाइक्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्तकान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कमलागतमा गुणस्तरीय शिक्षाप्रदानगर्दै आएको छ । Bachelor of Business Administration -BBA, Bachelor of Information Management –BIM, Bachelor of Computer Applications –BCA, तीनवटा स्नातकतहको अध्यनअध्यापन गराइन्छ ।