समाचार

सुनको मुल्यमा ओरालोः तोलामा ९ सयले घट्यो

२१ फागुन, काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९ सय ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाला सुन  ९ सय  ले घटेर तोलामा ८५ हजार ६ सय मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५ सय मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको  ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा  ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा  ३५ ले घटेको छ ।

तोलामा एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने  एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।