आर्थिक

ग्लोबलआइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

२५ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडलेविभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाकोबन्दीपुर, रसुवाको थुमन,तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ ।
बैंकले ईलामको ईलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हानगरपालिका वडा नं. २, बन्दीपुर,रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. १, थुमन,तनहूँको भानु नगरपालिका वडा नं. ११, टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. ७, मिलनचोक, लमजुङ्गको सुन्दर बजारनगरपालिका वडा नं. १०, कोइरालाफाँट,बाँकेको खजुरा गाँउपालिका वडा नं. ६, सिमलघारीर अर्घाखाँचीको मालारानीगाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाका पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दैआइ रहेको छ ।