पु.समाचार

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु

२५ फनगुन, काठमाडौं । शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी र काठमाडौंमा अवस्थीत छन् । 

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामाउच्च बेन्चमार्क निर्माण र कायमगर्न लगनशीलप्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।  

यस अवसरमाशाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । र,हामी बिक्री पछिको सेवा र ग्राहकको सेवा प्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मीफ्यानहरुको माया र विश्वास हासिलगर्न महत्वपूर्ण भूमिकानिर्वाह गर्नेछ । धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभवगर्नेे अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवापुर्याउने हाम्रो प्रतिबद्धतालाई अझमजबुद बनाउने छ ।”

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भएन भएका सम्पूर्णका लागिएक हप्ता सम्म निःशुल्क सर्भिसिंग प्रदान गर्नेछ ।