२८ फागुन, काठमाडौं । अन्हाइजर बुसइन्बेभ (एबिइन्बेभ) संसारको अग्रपंक्तिको बेभरेज कम्पनी,दक्षिण एशियामाआफ्नो उपस्थिति सुदृढ गर्दै आज नेपालमाआफ्नो ग्लोबल ब्राण्ड बड्वाइजर को बिक्री शुरूवात गर्ने घोषणा गरेको छ । संसारका १५० भन्दा बढी देशहरूमा ठूलो सफलताप्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वादको अब नेपालीउपभोक्ताहरूले समेत मज्जालिनपाउने छन्। बड्वाइजरको लन्चसंगै एबिइन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्नका लागि उपभोक्ता प्राथमिकताहरू विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ । एबिइन्बेभले जावालाखेल गु्रप अफ इण्डष्ट्रिज अन्तर्गतको राजबु्रअरी प्रा. लि. संग एक विशेष साझेदारी मार्फत फोस्टर्स बियर प्रवेश गराउँदै आफ्नो आगमन जनाई सकेको छ ।
बड्वाइजरको नेपालमा सुरुवातको क्रममा, कार्तिकेय शर्मा,एबिइन्बेभ– भारत र दक्षिण पूर्व एशियाका अध्यक्षले भने, “हामी नेपालमा हाम्रा उपभोक्ताहरूका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं । बढ्दो युवाजनसङ्ख्या र बियर रुचाउने जमातका कारण नेपालहाम्रो लागि एउटा महत्वपूर्ण बजार रहेको छ । नेपालको प्रतिष्ठित ब्रुअरी, राजब्रुअरीसंगको हाम्रो सहकार्यले नेपालमाहाम्रो प्रतिवद्धता जाहेर गर्दछ।”
बड्वाइजरको सुरुवातसन् १८७६ मासंयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमाभएको थिया। आज पनि बड्वाइजर १४० वर्ष को ब्रुइङ्गप्रकृयाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफलभएको छ।उत्तम सन्तुलन र स्वादको लागिबड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ। बड्वाइजर प्राकृतिकका र्बोनेसन, बीचवुड एजिङ्गर लामो समयसम्म बु्र (प्रशोधन) गरि तयार गरिएको हुन्छ जसले अतुलनिय सन्तुलन र स्वादबनाइ राख्दछ।
जावलाखेल गु्रपअफ इण्डष्ट्रिजका प्रबन्धनिर्देशक राजबहादुर शाहले भने, “राजबु्रअरीलाई विश्वव्यापी बियर जाएन्ट एबिइन्बेभले छनौट गरि विश्वको सबै भन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो। यो सम्भव हुनुको मुख्य कारण राजबु्रअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक बु्रअरी रहेर पनि हो ।”
यसै धारणामा जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका गु्रपकार्यकारी निर्देशक सशीन जोशीले भने, “हामीविश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्राएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबिइन्वेभसंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ । जावलाखेल गु्रपअफइण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ।”
जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायमगर्दै युवा ग्राहकहरुको नवीनतमतथा गुणस्तरिय पेय पदार्थहरु प्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक बु्रअरीबाट उत्पादन गर्दै आएको छ । यस ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियमजर्मन बियर उत्पादन गर्दै आइरहेको छ, जसले नेपाली बियर अनुयायी माझ राम्रै सफलता हाँसिल गर्न सफल भएको छ ।