आर्थिक

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न

३ चैत, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा चैत्र ३ गते मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।