आर्थिक

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टम

३ फागुन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टिआइ केयर सिस्टमसँग विभिन्न सेवामाविशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंककाभिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टिआइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँयाबानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतकोजुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थागरिएको छ ।