३ चैत्र, काठमाडौँ । क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिन सम्म इकाई खरिदको लागि कुलइकाईको ५०.६ प्रतिशतइकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुलइकाईको ५०.६ प्रतिशतइकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोडइकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदनदिन छिटोमा चतै ०४ गते अर्थात अब दुई दिनबाँकी रहेको क्यापिटलले जनाएको छ ।
यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।