कर्णाली , ४ चैत । शिक्षा पत्रकार समाज कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । कर्णालीका १०वटै जिल्लाका जिल्ला संयोजक सदस्य रहने गरी हुम्लाका पत्रकार नवराज महताराको संयोजकत्वमा १२ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।
शिक्षा पत्रकार समाजका केन्द्रीय महासचिव शेषकान्त पण्डितको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न भेलाले प्रदेश सहसंयोजक र जिल्ला संयोजकको टुङ्गो लगाएको छ । केन्द्रीय समितिले यसअघि नै प्रदेश संयोजकमा महतारालाई जिम्मेवारी दिइसकेको थियो । प्रदेश सहसंयोजकमा रेडियो नेपालका कार्यक्रम अधिकृत भानुभक्त खड्कालाई चयन गरिएको छ ।
भेलाले जिल्ला संयोजकमा ईश्वर अधिकारी सुर्खेत, हेमन्त केसी जाजरकोट, कमल शर्मा दैलेख, विश्वनाथ सिम्खडा कालीकोट, झक्कुप्रसाद शर्मा सल्यान, अर्जुन खड्का रुकुम पश्चिम, कृष्णमाया उपाध्याय जुम्ला, विष्णुलाल बुढा डोल्पा, कविराज कार्की मुगु र नन्द सिंह हुम्लालाई चयन गरेको छ ।
शिक्षा विधामा रिर्पोटिङ गर्ने क्रियाशील पत्रकारहरुको अगुवाइमा यसै वर्ष शिक्षा पत्रकार समाज स्थापना भएको हो । समाजका कर्णाली प्रदेश संयोजक महताराले कर्णालीका शैक्षिक सवाललाई आमसञ्चारमाध्यमबाट उजागर गर्र्नुका साथै सरोकारवाला निकायसँग समस्या समाधानको पैरवी गर्ने बताए । उनले कर्णाली शिक्षा क्षेत्रमा समेत पछाडि परेकाले शिक्षा पत्रकारलाई यहाँको शैक्षिक उन्नयनको अभिन्न अङ्गका रूपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।