आर्थिक

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छे बैंक

४ चैत, काठमाडौं । माछापुच्छे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छे बैंकले एकैदिननेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्गबजार तथा रानीतलाउमा रहेको कृषि उपजबजार समिति रकोहलपुरमा रहेको कृषिबजार व्यवस्थापन समितिअन्र्तगत संचालनमा रहेका तरकारी तथाफलफुल पसलहरुमा क्यु.आर. कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले तिस्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गरेको हो ।

उक्तक्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमायात्रागर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानीगर्न सक्नुहुने छ भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानीतलाउमा रहेको कृषि उपजबजार तथा कोहलपुरमा रहेको कृषिबजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुलतथा लत्ताकपडाहरुको रकम समेत क्यु.आर. कोड बाट भुक्तानी गर्न सक्नुहुनेछ ।

आफुले प्रयोग गरेको बस्तुतथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानीगर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याइ सकेको छ ।