सामाजिक सञ्जाल

कम्युनिष्ट पार्टीको दुई तिहाई जनताको लागि महासंकटः पुर्व सभामुख ढुंगाना

५ चैत्र, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले कम्युनिष्ट पार्टीको दुई तिहाई नै जनताको लागि महासंकट भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले लोकतन्त्रमा कम्युनिष्ट पार्टीले संसदमा दुई तिहाई जनविश्वास पाए पनि त्यो स्वयं संकट-महासंकटको कारण बनेको जिकिर गरेका हुन् ।

उनले अगाडी भने, हाम्रो राजनीतिको आजको खास समस्या के होरु परिवर्तन ठूलो, धेरै ठूलो भयो ।

ढुंगानाले त्यसको भावना अनुरूप अघि बढ्न चाहिने अपरिहार्य निष्ठाका मापदण्डमा दलहरू झनझन् साना देखा परेको टिप्पणी गरेका छन् ।

उनको ट्वीटः हाम्रो राजनीतिको आजको खास समस्या के हो ? परिवर्तन ठूलो, धेरै ठूलो भयो । त्यसको भावना अनुरूप अघि बढ्न चाहिने अपरिहार्य निष्ठाका मापदण्डमा दलहरू झनझन् साना देखा परे । दृष्टान्त-लोकतन्त्रमा कम्युनिष्ट पार्टीले संसदमा दुई तिहाई जनविश्वास पाए पनि त्यो स्वयं संकट महासंकटको कारण बन्यो।