गण्डकी प्रदेश

जीर्ण दरबार पुनःनिर्माण गरिँदै

५ चैत, तनहुँ । सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो ।

राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ७० लाख लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । उनका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो ।

तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको किंवदन्ती छ । तनहुँसुरको सेनवंशी राजाको दरबार खड्कमाई मन्दिर, सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारालगायतको संरक्षण गरिने नगरपालिकाले जनाएको छ । खड्कमाई मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापा दरबार तथा खड्कमाई मन्दिरको पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो दिई उत्खनन गरी पुनःनिर्माण अघि बढाएपछि स्थानीय बासिन्दा खुशी भएको बताए ।

दरबारले थप आकर्षण गर्ने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको छ । विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जनाले सहादत प्राप्त गरेका थिए ।

२१४ वर्ष कैद असुली

जिल्ला प्रहरी कार्यालयले गत साउनदेखि चैत १ गतेसम्म करिब आठ महिनाको अवधिमा ३६६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गर्दा २१४ वर्ष कैद असुली हुनका साथै रु ५६ लाख ३४ हजार ६६१ जरिवाना असुली भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार सूचीमा रहेका व्यक्ति पक्राउ परेका हुन् । नाता कायम, सम्बन्धविच्छेद, लेनदेन, हातहतियार, कर्तव्य ज्यान, सवारी ज्यान, बहुविवाह, माना चामल, अंशलगायतका मुद्दाका फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको उहाँले बताए । कार्यालय मातहतमा रहेका प्रहरी एकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले गत चैत १ गते मात्रै विभिन्न मुद्दामा फरार रहेका छ जनालाई पक्राउ गरेको थियो ।

फरार सूचीमा रहेका अभियुक्तलाई धमाधम पक्राउ गरी कानूनी दायरमा ल्याउन थालिएसँगै जिल्लामा आपराधिक क्रियाकलापमा न्यूनीकरण आएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । गल्ती गरियो भने कानूनले छाड्दो रहेनछ भन्ने कुराप्रति सर्वसाधारण सचेत हुन थालेको उनले बताए।

मूल बीउ वितरण

बन्दीपुर गाउँपालिकाले बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूल बीउका लागि वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिए।

बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको हो । उनले भने, “मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।” नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ उत्पादन गरिएको सो पालिकाले जनाएको छ । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीको पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको छ ।

दमौलीमा उद्यान र मञ्च निर्माण गरिँदै

व्यास नगरपालिकाले दमौली अस्पताल अगाडि रहेको जिल्ला समन्वय समितिको जग्गामा उद्यान र मञ्च निर्माण गर्न शुरुआत गरेको छ । खेलप्रेमीले उक्त मैदानलाई खेल मैदानका रूपमा प्रयोग गर्दै आएका थिए । बुधबार निर्माण शुरु गरेसँगै सामाजिक सञ्जालमा निर्माण रोकेर खुला चौर नै राख्नुपर्छ जनाउँदै नगरवासीले विरोध जनाएका छन् ।

तत्कालीन जिल्ला समन्वय अधिकारी बद्रीनाथ तिवारीको संयोजकत्वमा बसेको सर्बदलीय बैठकले निर्णय गरिसकेकाले यसलाई कार्यान्वयन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । “कूल जग्गाको ६० प्रतिशत मञ्च र चालीस
प्रतिशत उद्यान निर्माण गर्न लागेका हौँ”, उनले भने, “धेरै सुझबुझ गरी नागरिक र नगरवासीको हकहितका लागि निर्माण गर्न लागिएको हो ।”

स्थायी मञ्च निर्माण गरी खुला राखिने हुँदा बिहान बेलुकाको समयमा वाकिङमा कुनै समस्या नहुने नगरप्रमुख न्यौपानेले बताए । पहिलो चरणमा मञ्च निर्माणका लागि गत वर्ष नै ४५ लाख बजेट विनियोजन भइसकेको बताइएको छ । बिपी वनबाटिका अगाडि रहेको खुलाचौरलाई खेल मैदानका रूपमा व्यवस्था गर्न लागिएको उनले बताए ।

उद्यानमा बालउद्यान, ज्येष्ठ नागरिक बस्नेस्थल, कफीसपलगायत संरचना निर्माण गरेर विकास र प्रवद्र्धन गर्ने गरी काम गर्न लागिएको हो । उद्यान र मञ्च छुट्याउन बीचमा करिब तीन फिट गाह्रो लगाएर मेकाफेरी जाली प्रयोग गरिने हुँदा मञ्चबाट पनि उद्यान सहजरूपमा देख्न सकिने नगरपालिकाका इञ्जिनीयर कमल शर्माले बताए । हाल नर्सरी रहेको पर्खाल मर्मतसम्भार गरी जिल्ला समन्वय अगाडि रहेको फेविङ ब्लक बिच्छ्याउनेलगायतका काम गर्ने योजना छ । उद्यान निर्माणका लागि करिब तीन करोड बजेट रहेको बताइ