६ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्टहरूलाई मार्क्सको दर्शन भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका छन् ।
मार्क्सवादी दर्शनले पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने बताएको भन्दै डा. भट्टराईले अब नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका हुन् । उनले अब नेकपाको लागि लड्नुभन्दा नयाँ ध्रुवीकरणमा लाग्नुपर्ने उनको मत छ ।
सामाजिक सञ्जाल ट्वीट मार्फत पुर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको लागि आधार बन्न सक्ने बताएका हुन् । अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने उनले बताए ।
डा. भट्टराईले फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै नेताहरुलाई प्रश्न गरेका छन् ।
उनको ट्वीटः पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अतः फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?