६ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले सामुदायीक बिद्यालयको समस्या तुरुन्तै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल शिक्षक संघ पाल्पाको २२ औं प्रतिनिधि सभामा कार्यक्रममा बोल्दै नेता गुरुङले राज्यले सामुदायिक विद्यालयहरुको समश्याको पहिचान गरेर तुरुन्त समाधान गर्नु पर्नेमा जोड दिएका हुन् ।
नेता गुरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अत्यन्तै कमजोर भएको समेत जिकिर गरेका छन् ।
आफैले पढाउने विद्यालयमा आफ्नै बालबच्चा नपढाउने कुरा नै यसको प्रमाण भएको उनको धारणा छ ।