७ चैत्र, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अधयक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई हटाउन कत्तिपनि ढिला गर्न नहुने संकेत गरेका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त ओली तर्फ ईसारा गर्दै पहिले अगाडि आएको बाघलाई लघानुपर्नेमा पर्नेमा जोड दिँदै पछि स्यालहरूसंग लड्दै गरौंला भनेका छन् ।
अहिलेको पहिलो प्रश्न अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने भएको जिकिर समेत गरेका छन् ।
डा.भट्टराईले भनेका छन्, ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन ।
उनको ट्वीटः ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैनः अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो ! अगाडि आएको बाघलाई पहिले लघारौःपछाडिका स्यालहरूसंग लड्दै गरौंला१कुनै गल्ती नगरौं !