७ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गिरिजाबाबुले देखाएको बाटोमा कांग्रेस कहिले हिँडने हो ? भन्दै प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा नेता गुरुङले यस्तो प्रश्न गरेका हुन् ।
उनले आपसी झगडामै समय र शक्ति खर्चिरहेका वर्तमान शिर्ष नेताहरुले गिरिजाबाबुले देखाएको हार्दिकताको बाटोमा कहिले हिंड्ने उनको प्रश्न छ ।
उनले रगतको आहालबाट मुलुकलाई बाहिर निकालेर मुलुकलाई शान्तिको बाटोमा ल्याउन सफल नायक गिरिजाप्रसाद कोइरालाको स्मृति दिवशमा गिरिजाबाबु प्रति श्रद्धा सुमन व्यक्त गरेका छन् ।
उनको ट्वीटः रगतको आहालबाट मुलुकलाई बाहिर निकालेर मुलुकलाई शान्तिको बाटोमा ल्याउन सफल नायक गिरिजाप्रसाद कोइरालाको स्मृति दिवशमा गिरिजाबाबु प्रति हार्दिक श्रद्धा सुमन ! आपसी झगडामै समय र शक्ति खर्चिरहेका वर्तमान शिर्ष नेताहरुले गिरिजाबाबुले देखाउनु भएको हार्दिकताको बाटोमा कहिले हिंड्ने ?