पु.समाचार

सन्राइज ब्लूचिप फण्डको इकाईमा भोलिसम्ममात्र आवेदन दिन सकिने

७ चैत, काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सन्राइज ब्लूचिप फण्ड”को प्रतिइकाई मूल्य १० दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतइकाई कोष प्रबद्र्धक सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला भईरहेकोमा चैत्र ८ गते आइतबार बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ । उक्तफण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपितवार्षिक प्रतिफल २२.३८ प्रतिशतप्रक्षेपण समेत गरेकोले ढुक्कभएर लगानीगर्न सकिने जनाएको छ ।