९ चैत, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको आरोपको बिषयमा टिप्पणी गरेका छन् ।
नेता गुरुङले साँकेतिक रुपमा भनेका छन्, ‘एकजना शिर्ष नेताले अर्को शिर्ष नेतालाई वर्षौंदेखि विदेशीद्वारा पालित पोषित भएको जघन्य आरोप लगाएछन्। यसबारे आरोपित र आरोप लगाउने नेतालाई नै बढी थाहा होला।’ उनले थपेका छन्, ‘तथापि नेपाली राजनीतिमा वर्षौदेखि लेण्डुप प्रबृत्ति कै रजगज चलिरहेको छ। नेपालीमा एउटा उखान छः ‘कहिले सासुको पालो कहिले बुहारीको’
एकजना शिर्ष नेताले अर्को शिर्ष नेतालाई वर्षौदेखि विदेशी द्वारा पालित पोषित भएको जघन्य आरोप लगाएछन्। यसबारे आरोपित र आरोप लगाउने नेतालाई नै बढी थाहा होला। तथापि नेपाली राजनीतिमा वर्षौदेखि लेण्डुप प्रबृत्ति कै रजगज चलिरहेको छ।
नेपालीमा एउटा उखान छः ‘कहिले सासुको पालो कहिले बुहारीको’