सामाजिक सञ्जाल

सुर्य थापाको टिप्पणीः पुष्पकमल दाहाल डिप्रेसनमा…….

९ चैत्र, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोदशा बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो कटाक्ष गरेका हुन् । अध्यक्ष दाहालले हिजो एक कार्यक्रममा संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आएको बताएपछि थापाले प्रचण्ड पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन् ।

थापाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेतपछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !।’

उनले विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, र हिंसा मच्चाउँदा उहाँलाई कसले पालितपोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो उनको प्रश्न छ । उनले नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्जाब, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो र, १२ बुँदे समझदारी कहाँ भएको थियो भन्दै प्रश्न गरेका छन् ।