सामाजिक सञ्जाल

अध्यक्ष थापा आक्रोशितः ओलीलाइ बिदेशीद्वारा पालित भन्ने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने ?

९ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित भएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले दाहालको दोहोरो चरित्रप्रति कडा टिप्पणी समेत गरेका हुन् । ओलीलाइ बिदेशीद्वारा पालित भन्ने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाहालको क्रियाकलाप प्रति उनी आक्रोशीत भएका हुन् ।

२ पटक प्रधानमन्त्री भइसकेका दाहालले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मँ ओलीलाई बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनि लगाएको आरोप सुन्दा आश्चर्य लागेको थापाले बताएका छन् ।

यस्तो गंभीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने लाजमर्दो राजनीति उनले भनेका छन् ।

उनको ट्वीटः २पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli  लाई बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति