८ चैत्र, काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताए अनुसार यो दमकल नेशनलफायर सेफ र आइएमई मोटर्सको संयूक्तकार्यमानगरपालिकालाई हस्तान्तरण गरिएको बताएको छ ।
उर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुखलक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनलफायर सेफकाप्रमुख खगेन्द्र कार्कीद्वारा एक थानदमकलहस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै नगर प्रमुखफागोले भने सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको छ। साथै, आगलागिका घटना हुना साथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताउनु भयो । दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।