९ चैत, काठमाडौं । कामना सेवाविकास बैंक लेके. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १००,००० सम्मको कारोबार गर्न सक्नुहुनेछ ।
उच्चतम ब्याजदर सहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधापनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिती थियो ।
कामना सेवाविकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।