आर्थिक

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य

९ चैत, काठमाडौ । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सहकार्य भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेषछुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो।
आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई विशेष छुटमा प्रोफेसनल लोनर १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्णकर्जा उपलब्ध गराउने छ ।यस सम्झौता पश्चात नेपाल शैक्षिकपरामर्श संघ (इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरुलाई ज्योति विकास बैंकको कर्जासेवाले थप सहजता प्रदान गर्ने छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आई रहेको छ । हाल सम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ४६ अर्ब निक्षेपसंकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब रु ३९ अर्ब लगानी गर्न सफल भएको छ।