आर्थिक

अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्स बीच सम्झौता

९ चैत, काठमाडाैं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि.तथा आइएमई अटोमो टिभ्स प्रा. लि.संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी CASHLESS CLAIM)  लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि .र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेकाे हाे ।