सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः माधव–झल ओलीसङ्ग आत्मासमर्पण वा बिद्रोहमा जानुको विकल्प छैन

१० चैत्र, काठमाडौं । वुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौलाले एमालेको माधव कुमार नेपाल-झलनाथ खनालसंग दुई बिकल्प रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त लेखक संग्रौलाले माधव-झल गुटको कि ओलिसङ आत्मासमर्पण कि बिद्रोहका विकल्प रहेको जिकिर गरेका छन् ।

एमालेको माधव-झल गुट न ओल्लो घाट न पल्लो तीरको भएको भन्दै यसका दुई विकल्प-कि ओली प्रवृत्तिको चरणमा आत्मसमर्पण कि गए सांसदको जागिर जाओस् भनेर विद्रोह गर्नुपर्ने सुझाव दिएका छन् ।

खगेन्द्र संग्रौलाले  आत्मसमर्पण पनि गर्दिनँ, सांसदको जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु,  सांसदको जागिर मरिगए छाड्दिनँ भन्नु सरह भएको समेत बताएका छन् ।

उनको ट्वीटः एमालेको माधव-झल गुट न ओल्लो घाट न पल्लो तीरको ! यसका दुई विकल्प-कि ओली प्रवृत्तिको चरणमा आत्मसमर्पण कि गए सांसदको जागिर जाओस् भनेर विद्रोह । आत्मसमर्पण पनि गर्दिनँ,सांसदको जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु,सांसदको जागिर मरिगए छाड्दिनँ भन्नुसरह हो । हैट्,लिच्चडमति !