राजनीति

विदेशीको अतिक्रमणमा प्रधानमन्त्रीको देखियो–रहस्यमय मौनताः नेता रावल

१० चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ भन्दै सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता ! भनेका छन् ।
पुर्व गृहमन्त्रीसमेत रहेका माधव–झलनाथ समूहका नेता रहेका उनले प्रधानमन्त्रीको दार्चुलाको बिषयमा असन्तुष्टी राखेका हुन् ।
रानवलको ट्वीटः दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता !