सुदूरपश्चिम

कोरोना दोस्रो लहर सुरु भएपछि जिल्ला प्रशासन कञ्चनपुरले दियो कडा निर्देशन

११ चैत्र, काठमाडौं । छिमकी देश भारतमा कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले फागु पूर्णीमालगायत महोत्सव, जुलुस, जात्रा र भीडभाड गर्न रोक लगाएको छ ।

कञ्चनपुर जिल्लामा कोरोनाको संक्रमण बढ्नसक्ने भन्दै चैत १० गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले सो कुरामा रोक लगाएको हो।

प्रशासनले एक आदेश जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालन गर्नसमेत आग्रह गरिएको छ ।

जारी आदेशमा अत्यावश्यक बाहेकका व्यापार, उद्योग, कलकारखाना,यातायात लगाएतका सेवा एवम् मानिसको आवागमन विहान ४ बजेदेखि १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने छ ।

यस्तै कञ्चनपुर जिल्लास्थित नेपाल भारत सीमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट मापदण्ड बमोजिम यात्रुको आवागमन र मालसामान ढुवानीको व्यवस्था विहान ६ बजे देखि बेलुका ८ बजेसम्म निरन्तर दिने, यसबाहेका सबै प्रवेश बिन्दु र खुल्ला सीमा नाकाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन पूर्णरुपमा बन्द गरिएको उल्लेख छ ।